Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

ad mana

ग्लोबल आइएमई बैंकको २ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

ज्ञानमाण्डू।ग्लोबल आइएमई बैंक लिमिटेडले २ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले काभ्रेपलाञ्चोकको दाप्चा बजार र ताप्लेजुङ्गको सिन्वामा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । यी २ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २६२ पुगेको छ ।


बैंकले काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ८, दाप्चा बजार र ताप्लेजुङ्ग जिल्लाको फाक्ताङलुङ गाँउपालिका वडा नं. ३, सिन्वामा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । बैंकको भकुण्डेबेसी शाखा अन्तर्गत रहने गरी दाप्चा बजारमा खोलिएको सेवाको लागि कृष्ण कुमार श्रेष्ठ र ताप्लेजुङ्ग शाखाअन्तर्गत रहनेगरी सिन्वामा खोलिएको सेवाको लागि प्रेम प्रसाद निरौलालाई प्रतिनिधि नियुक्त गरिएको जनाएको छ ।


शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सकिने बैंकले उल्लेख गरेको छ । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, रेमिट्यान्स सेवा लिने, DISH HOME/CDMA/UTL/NTC को महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सकिने बैंकले थप उल्लेख गरेको छ ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा शुरु गर्ने गरेको जनाकारी दिएको छ ।

Mega Bank

slc share training