Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

ad mana

सुनको मूल्यमा वृद्धि, चाँदी तोलाको कति ?



ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असाेज २४ गते, अईतबारका दिन छापावाला सुनको मूल्य तोलाको ९० हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९० हजार २ सय ५० रुपैयाँ तोकिएको छ ।

अघिल्लो कारोबारी दिन अर्थात शुक्रबार असाेज २२ गतेका दिन, छापावाला सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९० हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

अईतबार सुनको मूल्यमा वृद्धि हुँदा चाँदीको मूल्य पनि सामान्य रकमले उकालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार १ सय ७५ रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबारी दिन शुक्रबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार १ सय ७० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ५ रुपैयाँले बढेको देख्न सकिन्छ ।

infolink

admana

Mega Bank

slc share training