Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Landing Page, Road Block Admana

Global IME Bank

ad mana

आकर्षक नाफा वृद्धि गरेको सिद्धार्थ बैंकको वितरण योग्य मुनाफा कति?


ज्ञानमाण्डू। सिद्धार्थ बैङ्कको नाफा ८९.५० प्रतिशतले बढेकाे छ । आ.व. २०७७/७८ को पहिलो त्रैमास सम्ममा बैङ्कले ५० कराेड ६ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को पहिलो त्रैमास सम्ममा बैंकले ९४ करोड ८७ लाख रुपैयाँ माथि नाफा कमाएको देखिन्छ ।

१० अर्ब ९६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको सिद्धार्थ बैङ्कले १ खर्ब ८३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ९ अर्ब ६६ करोड रुपैयाँ र संचित मुनाफा १ अर्ब ६३ कराेड रूपैयाँ रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ३०.२५ प्रतिशतले बढेर १ अर्ब ७५ करोड रुपैयाँ पुगेकाे छ ।

असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २९ करोड ७८ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको यस्तो मुनाफा ४८ करोड ६२ लाख ऋणात्मक रहेको थियो।

बैंककाे निष्कृय कर्जा अनुपात ०.५४ प्रतिशत र प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ६२ पैसा छ भने प्रतिशेयर नेटवर्थ १८८ रुपैयाँ १३ पैसा र पछिल्लाे काराेबार मूल्य रू ५०२ काे आधारमा मूल्य आम्दानी अनुपात १४.५ गुणा रहेकाे छ ।

Ad Below News Title

Ad Inside News Content2

Admana

Energy Line

slc share training

below content