Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

ad mana

लुम्बिनी विकास बैंकको लाभांश प्रस्ताव



ज्ञानमाण्डू।लुम्बिनी विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७८ साल कात्तिक ८ गते, सोमबारका दिन बसेको सञ्चालक समितिको ४०७ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७७/०७८ सम्मको संचित मुनाफाबाट हाल कायम शेयरधनीहरुलाई १३.७१२ प्रतिशतले हुन आउने लाभांश(कर समेत) वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

बैङ्कको सञ्चालक समितिको बैठकले आ. व. २०७७/०७८ सम्मको संचित वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजी २ अर्ब ९० करोड ६४ लाख ५३ हजार ५४९ रुपैँया ५५ पैसाको १० प्रतिशतले हुन आउने रकम बोनस शेयर तथा ३.७१२ प्रतिशतले हुन आउने रकम बराबरको नगद लाभांश(कर प्रयोजनार्थ समेत) आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले प्राप्त गर्ने लुम्बिनी विकास बैंक लिमिटेडले जानकारी दिएको छ ।

प्रस्तावित लाभांश गत वर्षको तुलनामा बढेको हो । आर्थिक वर्ष २०७६/७७ मा लुम्बिनी विकास बैंक लिमिटेडले ७ प्रतिशतले हुन आउने रकम बोनस शेयर र ३ प्रतिशतले हुन आउने रकम नगद लाभांश गरि जम्मा १० प्रतिशत लाभांश स्वरूप आफ्ना शेयरधनीहरुलाई वितरण गरेको थियो ।


Mega Bank

slc share training