कर्मचारीहरूको तलब, भत्तामा मुक्तिनाथ विकास बैङ्कद्वारा सर्वाधिक खर्च, कुन विकास बैङ्कको कति ? ज्ञानमाण्डू प्रकाशित मिति : November 21, 2021 ज्ञानमाण्डू। चालु आर्थिक वर्ष २०७८/७९ को ३ महिनाको आर्थिक तथा वित्तीय गतिविधिको विवरण प्रकाशित गरेका नेपालका १६ विकास बैङ्कहरूले आफ्ना कर्मचारीहरूको तलब, भत्ता र सुविधामा डेढ अर्ब अधिक खर्च गरेका छन् । समीक्षा अवधिमा नेपालका अधिकांश विकास बैङ्कहरूले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २५.५४ प्रतिशत खर्च वृद्धि गर्दै जम्मा १ अर्ब ५० करोड रुपैयाँ आफ्ना कर्मचारीहरूको तलब, भत्ता र सुविधामा खर्च गरेका छन् । गत वर्षको सोही अवधिमा विकास बैङ्कहरूको यस्तो खर्च १ अर्ब १९ करोड रुपैयाँ रहेको थियो ।असोज मसान्तसम्म डेढ अर्ब अधिक खर्च गरेका १६ विकास बैङ्कहरूले आफ्ना कर्मचारीहरूको तलब, भत्ता र सुविधाका निम्ति औसतमा ९ करोड ३९ लाख रुपैंया रकम खर्च गरेको देखिएको छ । यस अवधिमा ८ वटा बैङ्कले औसत भन्दा बढी खर्च गरेका छन् भने ८ यस्ता बैङ्कको खर्च औसत भन्दा कम रहेको देखिएको छ ।Click here to join Gyanmandu.com's Viber Communityविकास बैङ्कहरू मध्ये मुक्तिनाथ विकास बैङ्कले असोज मसान्तसम्ममा सर्वाधिक २६ करोड ९१ रुपैयाँ कर्मचारीको तलब, भत्ता र सुविधामा खर्च गरेको देखिन्छ भने सोही शीर्षकमा गरिएको खर्चका आधारमा गरिमा विकास बैङ्कले सोही अवधिमा १९ करोड ९६ लाख रुपैयाँ खर्च गरेको देखिन्छ।समीक्षा अवधिमा महालक्ष्मी विकास बैङ्कले १७ करोड ८४ लाख रुपैयाँ खर्च गर्दा ज्योति विकास बैङ्कले १६ करोड २९ लाख रुपैयाँ रकम कर्मचारीको तलब, भत्ता र सुविधामा खर्च गरेको देखिन्छ। त्यसै गरी , कामना सेवा विकास बैङ्कले चालु आर्थिक वर्ष २०७८/७९ को ३ महिनाको अवधिमा १५ करोड ६५ लाख रुपैयाँ रकम कर्मचारीको तलब, भत्ता र सुविधामा खर्च गर्दा साङ्ग्रिला डेभेलप्मेन्ट बैङ्कले १३ करोड ३४ लाख रुपैंया, शाइन रेसुङ्गा डेभेलप्मेन्ट बैङ्कले १२ करोड ७३ लाख रुपैंया र लुम्बिनी विकास बैङ्कले १२ करोड ६८ लाख रुपैंया कर्मचारीको तलब, भत्ता र सुविधामा खर्च गरेको तथ्याङ्कले देखाएको छ।यता, चालु आर्थिक वर्ष २०७८/७९ को ३ महिनाको अवधिमा वित्तीय विवरण प्रकाशित गरेका कुल १६ वटा विकास बैङ्कहरू मध्ये कर्मचारीको तलब, भत्ता र सुविधा शीर्षकमा सर्वाधिक कम खर्च गर्ने विकास बैङ्क कर्पोरेट डेभेलप्मेन्ट बैङ्क रहेको छ। उक्त बैङ्कले समीक्षा अवधिमा ३३ लाख ९५ हजार रुपैयाँ कर्मचारीको तलब, भत्ता र सुविधामा खर्च गरेको छ।अस्वीकरण: सार्वजनिक रूपमा उपलब्ध तथ्याङ्कबाट गरिएको यो विश्लेषण शैक्षिक उद्देश्यको लागि मात्र हो। यस पोस्टको सामग्री स्टक ट्रेडिंग उद्देश्यको लागि सख्त रूपमा निषेध गरिएको छ। प्रतिकृया दिनुहोस्
एक प्रतिष्ठित फाइनान्स कम्पनीमा Trainee Assistant देखि Officer पदसम्म रोजगारीको अवसर, +2 पासलाई पनि अवसर
प्रतिकृया दिनुहोस्