Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Global IME Bank

Bizbazar

ad mana

मेरो माइक्रोफाइनान्सको लाभांश प्रस्ताव कहिले हुँदै छ पारित ? बुक क्लोज कहिले ?


ज्ञानमाण्डू।मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले २०७८ साल आगामी मङ्सिर २४ गते, शुक्रबारका दिन ९ औँ वार्षिक साधारण सभा गर्ने भएको छ । लघुवित्तको सो सभा बिहान ११:३० बजे पश्चात् होटल वाटर टावर,  विदुर-४, बट्टार नुवाकोटमा हुने मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले जानकारी दिएको छ। लघुवित्तको मङ्सिर २ गतेका दिन बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभाको मिति तय भएको हो ।

विशेष प्रस्ताव तर्फ, सभाले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर तथा सोको कर प्रयोजनार्थ १.०५२६३१६ पतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

अन्य विशेष प्रस्ताव तर्फ, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाले अन्य कुनै संस्थाहरुसंग एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने तथा प्रवन्धपत्र र नियमावलीको संशोधनहरुमा नियमनकारी निकायहरुबाट कुनै फेरवदल, थपघट गर्न निर्देशन वा सुझाव भएमा सोही वमोजिम गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

लघुवित्तको वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिने छ । यसका साथै आर्थिक वर्ष २०७७/०७८ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने एजेण्डा कम्पनीको रहेको छ । सभामा आव २०७८/०७९ को लागि लेखापरिक्षकको नियुत्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिने लगायतका एजेण्डा कम्पनीको रहेको छ ।

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले वार्षिक साधारण सभा प्रयोजनका लागि मिति २०७८/०८/०९ गते देखि मिति २०७८/०८/२४ सम्मका लागि शेयरघनी दर्ता किताब बन्द रहने जनाएको छ। यस अर्थ २०७७/०८/०८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार भई संस्थाको शेयर रजिष्ट्रारमा प्राप्त विवरणको आधारमा कायम शेयरधनीहरु मात्र वार्षिक साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुने छन् ।

Ad Below News Title

Ad Inside News Content2

Admana

Energy Line

slc share training

below content