Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

ad mana

धितोपत्र बजारमा ६९.२२ अंकको वृद्धि, नेप्से परिसूचक २७८४.५८ को विन्दुमा



ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६९ दशमलव २२ अंकले बढेर २७८४ दशमलव ५८ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक १४ दशमलव ९२ अंकले बढेर ५२१ दशमलव ४६ को विन्दुमा पुगेको छ ।

आज कूल २२७ कम्पनीका १ करोड ०० लाख ९३ हजार २२१ कित्ता शेयर रु ५ अर्ब ५२ करोड १६ लाख ५० हजार ८५६ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ उपसमूह ३४ दशमलव ३९ अङ्कले बढ्दा ट्रेडिङ उपसमूह ६३ दशमलव ४२ अङ्कले, होटल तथा पर्यटन उपसमूह ७०.६ अङ्कले, विकास बैंक उपसमूह १११.२४ अङ्कले, जलविद्युत उपसमूह १६४.२ अङ्कले, वित्त उपसमूह ८२.३८ अङ्कले, निर्जीवन बीमा १८८.२४ अङ्कले, उत्पादन उपसमूह १२८.१५ अङ्कले, अन्य उपसमूह १११.७६ अङ्कले, लघुवित्त उपसमूह ८९.५५ अङ्कले, जीवन बीमा उपसमूह २७०.६१ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव १३ अङ्कले र लगानी उपसमूह १ दशमलव ५९ अङ्कले बढेको छ।

Mega Bank

slc share training