धितोपत्र बजारमा गिरावट, नेप्से २६३०.०१ को विन्दुमा ज्ञानमाण्डू प्रकाशित मिति : November 29, 2021 ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ऒरलो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव ४८ अंकले घटेर २६३० दशमलव ०१ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ६ अंकले घटेर ४९५ दशमलव ४५ को विन्दुमा पुगेको छ । आज कूल २२८ कम्पनीका ८२ लाख २५ हजार ८२२ कित्ता शेयर रु ४ अर्ब ०० करोड ८९ लाख ३७ हजार १३३ मा खरिद बिक्री भए ।कारोबार भएका कूल १३ उपसमूह मध्ये जलविद्युत शुन्य दशमलव ५९ अङ्कले र सामूहिक लागनी कोष शुन्य दशमलव ०२ अङ्कले बढेका छन् । यता, बैंकिङ उपसमूह १० दशमलव ८९ अङ्कले घट्दा ट्रेडिङ उपसमूह ५ दशमलव ९४ अङ्कले, होटल तथा पर्यटन उपसमूह ७३.३ अङ्कले, विकास बैंक उपसमूह ६७.४४ अङ्कले, वित्त उपसमूह ३१.९२ अङ्कले, निर्जीवन बीमा ६७.८५ अङ्कले, उत्पादन उपसमूह ६१.९५ अङ्कले, अन्य उपसमूह ४१.१३ अङ्कले, लघुवित्त उपसमूह ४०.८३ अङ्कले, जीवन बीमा ११७.०४ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव ६४ अङ्कले घटेको छ। प्रतिकृया दिनुहोस्
एक प्रतिष्ठित फाइनान्स कम्पनीमा Trainee Assistant देखि Officer पदसम्म रोजगारीको अवसर, +2 पासलाई पनि अवसर
प्रतिकृया दिनुहोस्