संशोधन पश्चात कति दिँदैछ उन्नति सहकार्यले लाभांश ? ज्ञानमाण्डू प्रकाशित मिति : November 21, 2021 ज्ञानमाण्डू।उन्नति सहकार्य लघुवित्त वित्तिय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई वितरण गर्न यस अघि प्रस्ताव गरेको लाभांश संशोधन गरेको छ । कम्पनीको मिति २०७८ साल मङ्सिर ४ गते, शनिबारका दिन बसेको सञ्चालक समितिको बैठकले राष्ट्र बैंकको निर्देशनपश्चात आ. व.२०७७/०७८ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको कुल ३० प्रतिशतले हुन आउने बोनस शेयर लाभांश स्वरूप आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।लघुवितको सञ्चालक समितिको बैठकले संशोधन पश्चात आ. व. २०७७/०७८ संचित सम्मको मुनाफाबाट हाल कायम चुक्ता पूँजी १७ करोड ६१ लाख ६९ हजार ७०३ रुपैंया ३८ पैसाको ३० प्रतिशतले हुन आउने ५ करोड २८ लाख ५० हजार ९११ रुपैँया ९१ पैसा बराबरको बोनस शेयर लाभांश स्वरूप आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव गरेको हो ।Click here to join Gyanmandu.com's Viber Communityलघुवितले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ३२ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको थियो। नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार ग्राहक संरक्षण कोषमा रकम छुट्याउनु पर्ने भएका कारण लघुवित्तको लाभांश संशोधन गरिएको लघुवित्तले जनाएको छ।प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले प्राप्त गर्ने वित्तिय संस्था लिमिटेडले जानकारी दिएको छ । प्रतिकृया दिनुहोस्
एक प्रतिष्ठित फाइनान्स कम्पनीमा Trainee Assistant देखि Officer पदसम्म रोजगारीको अवसर, +2 पासलाई पनि अवसर
प्रतिकृया दिनुहोस्