Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Global IME Bank

Bizbazar

ad mana

गत वर्ष घाटामा रहेको निर्धन उत्थान चालु आ.व.को पहिलो त्रैमासमा आइपुग्दा २० करोड अधिक नाफामा


ज्ञानमाण्डू। निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा बढेकाे छ । आ.व. २०७७/७८ को पहिलाे त्रैमास सम्ममा लघुवित्त २७ करोड ९२ लाख रुपैयाँ घाटामा थियो भने आ.व. २०७८/७९ को पहिलाे त्रैमास सम्ममा लघुवित्तले २० करोड १९ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

१ अर्ब ६९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको निर्धन उत्थान लघुवित्तले १६ अर्ब ४५ करोड रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब २८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै निर्धन उत्थान लघुवित्तले ५ अर्ब ९५ करोड रुपैयाँ सापटी लिएकाे छ भने जगेडा कोषमा ३ अर्ब ६१ करोड रुपैयाँ रहेको छ ।

निर्धन उत्थान लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १७.३९ प्रतिशतले बढेर ५१ करोड ४४ लाख रुपैयाँ पुगेकाे छ । लघुवित्तमा निष्कृय कर्जा अनुपात ३.५९ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ४७ रुपैयाँ ६५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ३३१ रुपैयाँ ०१ पैसा छ र पछिल्लाे काराेबार मूल्य रू १५३६ काे आधारमा मूल्य आम्दानी अनुपात ३२.२३ गुणा रहेको छ ।

Ad Below News Title

Ad Inside News Content2

Admana

Energy Line

slc share training

below content