Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

ad mana

सुनको मूल्यमा गिरावट आउँदा चाँदीको मूल्य कति ?



ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पुष ४ गते, अईतबारका दिन छापावाला सुनको मूल्य तोलाको ९३ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँ तोकिएको छ।

अघिल्लो कारोबार दिन अर्थात शुक्रबार पुष २ गतेका दिन, छापावाला सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार सुनको मूल्यमा गिरावट हुँदा चाँदीको मूल्य पनि सामान्य रकमले अाेरालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय ४५ रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबार दिन शुक्रबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ५ रुपैयाँले घटेको देख्न सकिन्छ ।

slc share training