Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Global IME Bank

Bizbazar

ad mana

सुनको भाउमा आकर्षक वृद्धि, एकैदिन तोलामा ३ सय रुपैयाँ बढ्यो



ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंसिर २६ गते, अईतबारका दिन छापावाला सुनको मूल्य तोलाको ९२ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ तोकिएको छ ।

अघिल्लो कारोबारी दिन अर्थात शुक्रबार मंसिर २४ गतेका दिन, छापावाला सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

अईतबार सुनको मूल्यमा वृद्धि हुँदा चाँदीको मूल्य पनि उकालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार १ सय ९० रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबारी दिन शुक्रबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ५ रुपैयाँले बढेको देख्न सकिन्छ ।

Ad Below News Title

Ad Inside News Content2

Admana

Energy Line

slc share training

below content