Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Global IME Bank

Bizbazar

ad mana

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको केन्द्रीय कार्यालय भवनको शिलान्यास

ज्ञानमाण्डू।आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको का.म.न.पा. वडा नं. ३ पानीपोखरी स्थित जग्गामा कम्पनीको केन्द्रीय कार्यालय भवनको मिति २०७८ साल मङ्सिर २४ गते शुक्रबारका दिन बिहान ८ बजको शुभ साहितमा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट शिलान्यास सुसम्पन्न भएको छ । 



उक्त शिलान्यास समारोहमा बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेल, कम्पनीका संस्थापक शेयरधनी, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकाल, कम्पनीका संचालक समितिका अध्यक्ष  हेमराज ढकाल लगायत सम्पूर्ण संचालकहरु, संस्थापक शेयरधनीहरु, कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ लगायत उच्च व्यवस्थापन अधिकृत, विभागीय प्रमुखहरु, शाखा प्रमुखहरु लगायतको उपस्थिति रहेको कम्पनीले जनाएको छ ।




शिलान्यासको शुभ साहितको समयमा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट भवनको जगमा शिला राखेर शुभ साहितमा भवनको शिलान्यास गरिएको कम्पनीले उल्लेख गरेको छ । उक्त शिलान्यास समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले आफ्नो व्यस्थताको वावजुत पनि समारोहमा उपस्थित भई भवनको शिलान्यास गरिदिएकोमा बीमा समितिका अध्यक्षलाई संचालक समिति तथा आइजिआई परिवारको तर्फबाट धन्यवाद व्यक्त गरे। प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले कम्पनीको केन्द्रीय कार्यालयको प्रयोजनको लागि शिलान्यास भएको भवन समयमै निर्माण सम्पन्न हुने र उक्त भवन एक नमुना भवन हुने जानकारी गराउँदै उक्त सुखद समराहोमा उपस्थित जनाइ आफुहरुलाई हौसला प्रदान गरिदिएकोमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशक  राजु रमण पौडेल लगायत उपस्थित सम्पूर्ण अतिथिलाई हृदयदेखि धन्यवाद व्यक्त गरेको इन्सोरेन्सले जानकारी दिएको छ।

Ad Below News Title

Ad Inside News Content2

Admana

Energy Line

slc share training

below content