Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Global IME Bank

Bizbazar

ad mana

अंग्रेजी नयाँ वर्षमा आइएमईले ल्यायो उपहार, जितौँ हजारौँ हजार


ज्ञानमाण्डू। आइएमई नयाँ वर्षको उपहार, जितौँ हजारौँ हजार भन्ने मुल नाराका साथ आइएमईले क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसरमा सेवाग्राही मैत्री स्किम सार्वजनिक गरेको जानकारी दिएको छ । स्किम अनुसार सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत ४ देशहरुबाट ४ जना साप्ताहिक विजेता छनोट गरिने कम्पनीले जनाएको छ ।

यसरी छनोटमा परेका प्रति सेवाग्राहीले १० हजार उपहार स्वरूप प्राप्त गर्ने कम्पनीले बताएको छ । त्यस्तै बम्पर उपहार योजनामा पनि सोही देशहरुबाट ४ जना भाग्यशाली विजेताहरू छनोट गरिने कम्पनीले उल्लेख गरेको छ । यसरी छनोटमा परेका प्रति सेवाग्राहीले ४० हजार रुपैयाँ बम्पर उपहार स्वरूप प्राप्त गर्ने कम्पनीले थप उल्लेख गरेको छ ।

कुवेत, मलेसिया, कतार र संयुक्त अरब इमिरेट्सबाट आइएमईमार्फत नेपाल पैसा पठाउने सेवाग्राहीहरु यो योजनामा सहभागी बन्न पाउने कम्पनीले जनाएको छ । उक्त योजना २३ डिसेम्बर २०२१ देखि ४ फेब्रुअरी २०२२ (८ पुष देखि २१ माघ २०७८) सम्म गरी जम्मा ४३ दिन अर्थात ६ हप्तासम्म कायम हुने आइएमईले जानकारी दिएको छ ।

विजेताहरुको घोषणा सिस्टममा आधारित लक्की ड्र मार्फत गरिनेछ भने सो सम्बन्धि जानकारी कार्यालयका आधिकारिक सामाजिक संजाल र वेभ पेजहरूका अतिरिक्त आम संचार माध्यम मार्फत सार्वजनिक गरिने आइएमईले जनाएको छ ।

Ad Below News Title

Ad Inside News Content2

Admana

Energy Line

slc share training

below content