Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

ad mana

धितोपत्र बजारमा ३२.२२ अंकको वृद्धि, नेप्से परिसूचक २५४६.०९ को विन्दुमा



ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३२ दशमलव २२ अंकले बढेर २५४६ दशमलव ०९ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ७ दशमलव ६३ अंकले बढेर ४८० दशमलव ९८ को विन्दुमा पुगेको छ ।
 

आज कूल २२७ कम्पनीका ९४ लाख ७१ हजार ३११ कित्ता शेयर रु ४ अर्ब ५४ करोड २३ लाख ४५ हजार २७१ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ उपसमूह १३ अङ्कले बढ्दा ट्रेडिङ उपसमूह ३ दशमलव ८८ अङ्कले, होटल तथा पर्यटन उपसमूह ४१.८ अङ्कले, विकास बैंक उपसमूह १५७.१३ अङ्कले, जलविद्युत उपसमूह ८२.५३ अङ्कले, वित्त उपसमूह ५७.८७ अङ्कले, निर्जीवन बीमा २६.०९ अङ्कले, उत्पादन उपसमूह ६२.२८ अङ्कले, अन्य उपसमूह ३१.५२ अङ्कले, लघुवित्त उपसमूह ६५.४१ अङ्कले, जीवन बीमा उपसमूह १२३.२ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव ०१ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव ६८ अङ्कले बढेको छ।

Ad Below News Title

slc share training