धितोपत्र बजारमा गिरावट, नेप्से २४५५.८१ को विन्दुमा

ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले अाेरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५३ दशमलव १० अंकले घटेर २४५५ दशमलव ८१ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ९ दशमलव ३४ अंकले घटेर ४६४ दशमलव ७९ को विन्दुमा पुगेको छ ।
आज कूल २२६ कम्पनीका ६५ लाख ६० हजार ९४७ कित्ता शेयर रु २ अर्ब ६६ करोड ३९ लाख ०९ हजार ६१९ मा खरिद बिक्री भए ।
प्रतिकृया दिनुहोस्