डिप्रोक्स लघुवित्तले ८१ जना कर्मचारीहरू माग्याे, SLC,+2 पास र अनुभव नहुनेका लागि सुनौलो अवसर | Microfinance Job in Nepal ज्ञानमाण्डू प्रकाशित मिति : December 17, 2021 Microfinance Job in NepalClick here to join Gyanmandu.com's Viber Communityप्रकाशित मितिः २०७८/०९/०२ नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको वित्तीय कारोबार गर्न ईजाजतपत्र प्राप्त हाल ७१ जिल्लामा १४९ शाखाहरू मार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको राष्ट्रियस्तरको डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले देहाय बमोजिमका योग्यता पुगेका ग्रामीण क्षेत्रमा काम गर्न ईच्छुक नेपाली नागरिकहरूबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र साे वित्तीय संस्थाको कर्पोरेट कार्यालय सितापाईला, काठमाडौं वा ईमेल vacancy@ddbank.org.np मार्फत आईपुग्ने गरी आफ्नो योग्यता, अनुभव, नागरिकता प्रमाणपत्रको प्रतिलिपी सहित यस वित्तीय संस्थाले तोकेको ढाँचामा रितपूर्वक दरखास्त आह्वान गरेकाे छ ।Click here to join viber community for all Vacancy Updates.अन्य जानकारी :१. दरखास्त फारम यस वित्तीय संस्थाको वेवसाईट बाट डाउनलोड गरी प्राप्त गर्न सकिने छ ।२. उल्लेखित पदहरूको पाठ्यक्रम यस वित्तीय संस्थाको वेवसाईट बाट डाउनलोड गरी प्राप्त गर्न सकिनेछ ।३. परीक्षाको किसिम लिखित र अन्तर्वार्ता हुनेछ । ४. दरखास्त दिने अन्तिम मितिमा उमेरको हद सहायक श्रेणीको हकमा १८ बर्ष पुरा गरी ३५ वर्ष ननाघेको तथा अधिकृत श्रेणीको हकमा २१ बर्ष पुरा भई ३५ बर्ष ननाघेको (महिलाको हकमा ४० बर्ष ननाघेको हुनु पर्नेछ)।५. यस वित्तीय संस्थाका बहालवाला कर्मचारीहरूलाई उमेरको हद लाग्ने छैन ।Click here to join Gyanmandu.com's Viber Community६. लघुवित्त वित्तीय संस्थामा काम गरेका, मोटरसाईकलको चालक अनुमतिपत्र भएका तथा कम्प्युटर सम्बन्धी दक्ष उमेदवारलाई प्राथमिकता दिईनेछ ।७. कनिष्ठ कार्यक्रम सहायक र कार्यक्रम सहायकको हकमा दश जोड दुई उत्तीर्ण गरेका र सहायक अधिकृत तथा अधिकृतको हकमा स्तातकोत्तर गरेका उमेदवारलाई प्राथमिकता दिईने छ । नेपाल बाहिरको शैक्षिक संस्थाबाट उत्तीर्ण गरेको शैक्षिक योग्यताको प्रमाणपत्र भएमा समकक्षता मान्य प्रमाण (Equivalence Certificate) समेत पेश गर्नु पर्नेछ ।८. रित पूर्वक प्राप्त निवेदनहरू मध्येबाट संस्थाको आवश्यकता अनुसार छानविन गरी छनौट सूचीतयार गरिनेछ । छनौट सूचीमा परेका निवेदकहरूलाई मात्र परीक्षा दस्तुर लिई लिखित परीक्षामा सहभागी गराईनेछ । लिखित परीक्षा हुने मिति, स्थान र समयको सूचना फोन वा संस्थाको वेवसाईटबाट जानकारी गराइनेछ ।९. लिखित परीक्षामा उत्तीर्ण भएका उमेदवारलाई मात्र अन्तर्वार्तामा सहभागी गराईनेछ ।१०. अन्तर्वार्ता परीक्षाबाट योग्यताक्रमको आधारमा सिफारिस भएका उमेदवारलाई तोकिएको पदमा परीक्षणकालमा नियुक्तिको लागि सिफारिस गरिनेछ ।Click here to join Gyanmandu.com's Viber Community११. परीक्षणकालमा नियुक्ति भएका उमेदवारहरूले वित्तीय संस्थाले तोकेको कार्यालयमा गई काम गर्नु पर्नेछ ।१२. अधिकृतको रू. ९००/००, सहायक अधिकृतको रू. ७००/०० कार्यक्रम सहायकको रू. ४००/०० र कनिष्ठ कार्यक्रम सहायकको रू. ३००/०० परीक्षा दस्तुर लाग्नेछ ।१३. तलव तथा अन्य स्विधाहरू संस्थाको नियमानुसार हुनेछ ।१४. प्राप्त दरखास्त फारमहरू कुनै कारण जनाई वा नजनाई अस्वीकृत गर्न सक्ने अधिकार वित्तीय संस्थाको पदपूर्ति समितिमा सुरक्षित रहनेछ ।Click here to join viber community for all Vacancy Updates.Jobs in Nepal प्रतिकृया दिनुहोस्
एक प्रतिष्ठित फाइनान्स कम्पनीमा Trainee Assistant देखि Officer पदसम्म रोजगारीको अवसर, +2 पासलाई पनि अवसर
प्रतिकृया दिनुहोस्