राष्ट्र बैङ्कले विभिन्न कोषहरूमा रहेको २८ करोड अधिक रकम मुद्दती निक्षेपको रूपमा लगानी गर्ने
ज्ञानमाण्डू। नेपाल राष्ट्र बैङ्कले आफ्नो विभिन्न कोषहरूमा रहेको रकम उक्त बैङ्कबाट इजाजतपत्र प्राप्त बैङ्क तथा वित्तीय संस्थाहरूमा मुद्दती निक्षेपको रूपमा लगानी गर्ने जानकारी दिएको छ।
राष्ट्र बैङ्कले "क" वर्गका वाणिज्य बैङ्कमा २२ करोड ४६ लाख रुपैंया, "ख" वर्गका राष्ट्रिय स्तरका विकास बैङ्कमा ४ करोड २० लाख रुपैंया र "ग" वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा १ करोड ४० लाख रुपैंया गरी कुल २८ करोड ६ लाख रुपैंया मिति २०७८ माघ २ गते देखि २०७९ माघ १ (तदनुसार जनावरी १६, २०२२ देखि जनावरी १५, २०२३) सम्म ३६५ दिन (१ वर्ष) को लागि लगानी गर्न लगेको जानकारी दिएको छ ।
केन्द्रीय बैङ्कले एक सूचना प्रकाशित गर्दै उक्त बैङ्कको विभिन्न कोषहरूमा रहेको रकम इजाजतपत्र प्राप्त बैङ्क तथा वित्तीय संस्थाले यदि लिन चाहेमा उल्लेखित सर्तहरू पूरा गरी आवश्यकता रहेको रकम तथा उक्त रकम लिनका लागि संस्थाले प्रस्ताव गरेको ब्याजदर तोकेको फारम भरी मिति २०७८ पौष १८ गते २:०० बजेभित्र fmdinvestment@nrb.org.np मा प्राप्त हुने गरी प्रस्ताव पेस गर्न आव्हान गरेको छ।
उक्त रकम लिन चाहेमा इजाजतपत्र प्राप्त बैङ्क तथा वित्तीय संस्थाहरूले देहाय बमोजिमका सर्तहरू पूरा गर्नु पर्ने राष्ट्र बैङ्कले सूचनामा उल्लेख छ :
प्रतिकृया दिनुहोस्