Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Global IME Bank

Bizbazar

ad mana

एन इ सि मनी एक्स्चेन्ज (NEC Money Exchange) र जि.एम.इ रेमिट प्रा.लि बिच सम्झौता


ज्ञानमाण्डू। एन इ सि मनी एक्स्चेन्ज (NEC Money Exchange) का बहराइन स्थित २१ वटा शाखा बाट सजिलै सँग नेपालमा रहेका आफन्तहरुलाई पैसा पठाउन सकिनेछ ।

यस सम्झौता अन्तर्गत नेपाल मा GME Remit सँग आवद्ध १५००० भन्दा बढी भुक्तानी केन्द्रहरु बाट सजिलै नगद भुक्तानी लिन सकिने भएकाे छ । साथै नेपालमा रहेका जुनसुकै बैंक तथा बित्तिय संस्थाहरुमा तुरुन्त रकम भुक्तानी लिन मिल्ने गरी Real time deposit गर्न सकिने र यसका साथै Ime Pay Wallet मा पनि सजिलै पैसा पठाउन र पाउन सकिने भएकाे छ ।

उक्त सम्झौतामा जि.एम.इ. रेमिट प्रा.लि को तर्फबाट प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत श्री दिवाकर पौडेल र एन इ सि मनी एक्स्चेन्ज (NEC Money Exchange) को तर्फबाट निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत श्री फुवाद दाउद नोनो (Fuad Dawood Nonoo) ले हस्ताक्षर गर्नुभएकाे छ ।

जि.एम.इ. रेमिट प्रा.लि ले विप्रेषण क्षेत्रमा छोटो समयमा नै आफ्नोे छुट्टै पहिचान बनाई सफलता हाँसिल गर्न सफल भएको छ ।

Ad Below News Title

Ad Inside News Content2

Energy Line

slc share training