Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Global IME Bank

Bizbazar

ad mana

धितोपत्र बजारमा ६०.४१ अंकको वृद्धि, नेप्से परिसूचक २५८४.९१ को विन्दुमा



ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६० दशमलव ४१ अंकले बढेर २५८४ दशमलव ९१ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक १० दशमलव ७७ अंकले बढेर ४८२ दशमलव ०१ को विन्दुमा पुगेको छ ।

आज कूल २४० कम्पनीका ७१ लाख ६० हजार ९८३ कित्ता शेयर रु ४ अर्ब १२ करोड ६९ लाख ८० हजार ०६७ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूह मध्ये एक उपसमूहको शेयर ऒरालो लागेको छ । बैंकिङ उपसमूह ३३ दशमलव ९३ अङ्कले बढ्दा ट्रेडिङ उपसमूह १९ दशमलव ३८ अङ्कले, होटल तथा पर्यटन उपसमूह ४२.४४ अङ्कले, विकास बैंक उपसमूह १४४.५४ अङ्कले, जलविद्युत उपसमूह ४६.८० अङ्कले, वित्त उपसमूह १२.९३ अङ्कले, निर्जीवन बीमा ४११.४० अङ्कले, उत्पादन उपसमूह ३४८.०६ अङ्कले, अन्य उपसमूह ४४.८२ अङ्कले, लघुवित्त उपसमूह १४०.८७ अङ्कले, जीवन बीमा ३४४.२८ अङ्कले र लगानी उपसमूह १.६८ अङ्कले बढेको छ । यता, सामूहिक लगनी कोष शुन्य दशमलव ०६ अङ्कले घटेको छ।

Ad Below News Title

Ad Inside News Content2

Admana

Energy Line

slc share training

below content