Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

ad mana

धितोपत्र बजारमा ३२.०३ अंकको वृद्धि, नेप्से परिसूचक २६१६.९४ को विन्दुमा


ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३२ दशमलव ०३ अंकले बढेर २६१६ दशमलव ९४ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ५ दशमलव ८६ अंकले बढेर ४८७ दशमलव ८७ को विन्दुमा पुगेको छ 
आज कूल २३० कम्पनीका ८२ लाख ०५ हजार ०५२ कित्ता शेयर रु ४ अर्ब ५३ करोड ३० लाख १७ हजार १७८ मा खरिद बिक्री भए 
कारोबार भएका कूल १३ उपसमूह मध्ये एक उपसमूहको शेयर ऒरालो लागेको छ । बैंकिङ उपसमूह २५ दशमलव ४० अङ्कले बढ्दा ट्रेडिङ उपसमूह १८६ दशमलव ५४ अङ्कले, होटल तथा पर्यटन उपसमूह २३.३८ अङ्कले, विकास बैंक उपसमूह ७३.२८ अङ्कले, जलविद्युत उपसमूह १०.११ अङ्कले, वित्त उपसमूह ४२.८१ अङ्कले, निर्जीवन बीमा ६१.३६ अङ्कले, सामूहिक लगनी कोष उपसमूह ०.१८ अङ्कले, अन्य उपसमूह ३.२९ अङ्कले, लघुवित्त उपसमूह १४५.१५ अङ्कले, जीवन बीमा ९३.८८ अङ्कले र लगानी उपसमूह १.४८ अङ्कले बढेको छ । यता, उत्पादन उपसमूह २ दशमलव २६ अङ्कले घटेको छ।

Ad Below News Title

slc share training