Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Landing Page, Road Block Admana

Global IME Bank

ad mana

साताको सुरुवातमा सिडी रेसियो ८९.३७% हुँदा बैंक तथा वित्तहरुको निक्षेप र कर्जा थोरै बढ्यो

banks in nepal

ज्ञानमाण्डू। नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार पुस २३ गतेसम्म ४८ खर्ब ७७ अर्ब रुपैयाँ रहेको बैङ्क तथा वित्तीय संस्थाहरूको कुल निक्षेप पुस २५ गतेका दिनसम्म आइपुग्दा ४८ खर्ब ७९ अर्ब रूपैयाँ कायम भएकाे छ । दुई दिनको अवधिमा  वाणिज्य बैङ्कहरूको निक्षेप ३ अर्ब रुपैयाँले बढेर कुल निक्षेप ४३ खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ। पुस २३ गतेसम्म वाणिज्य बैङ्कहरूको कुल निक्षेप ४३ खर्ब ८ अर्ब रुपैयाँ रहेको तथ्याङ्कले जनाएको छ ।

त्यसै गरी अन्य बैङ्क तथा वित्तीय संस्थाहरूको कुल निक्षेप संकलन पुस २३ गतेको तुलनामा स्थिर रहदा पुस २५ गतेका दिन ५ खर्ब ६९ अर्ब रुपैंया सिमित भएको छ। 

यता, पुस २५ गतेसम्म आइपुग्दा बैङ्क तथा वित्तीय संस्थाहरूको कुल कर्जा लगानी ४६ खर्ब ३० अर्ब रुपैयाँ रहेको छ। पुस २३ गतेसम्म इजाजत प्राप्त बैङ्क तथा वित्तीय संस्थाहरूको कुल कर्जा लगानी ४६ खर्ब २५ अर्ब रुपैयाँ रहेको थियो अर्थात यस अवधिमा इजाजत प्राप्त बैङ्क तथा वित्तीय संस्थाहरूले ५ अर्ब रुपैंयाको कर्जा लगानी विस्तार गरेको राष्ट्र बैङ्कको तथ्यांकले जनाएको छ। 


पुस २५ गतेसम्म बैङ्क तथा वित्तीय संस्थाहरूको औसत सिडी रेसियो ८९.३७ प्रतिशत भएका कारण उक्त संस्थाहरूसँग लगानीका लागि कर्जा प्रवाह गर्ने अवस्था अझै नरहेको कारण कुल कर्जा लगानीमा खासै परिवर्तन नदेखिएको हो । पुस २३ गते औसत सिडी रेसियो ८९.२९ प्रतिशतमा कायम थियो।

यस अवधिमा वाणिज्य बैङ्कहरूको कुल कर्जा लगानी ४१ खर्ब ११ अर्ब रुपैयाँ रहेको छ जुन पुस २३ गतेसम्मको तुलनामा ४ अर्ब रुपैंयाको वृद्धि हो । त्यस्तै, बाँकी अन्य बैङ्क तथा वित्तीय संस्थाहरूको कुल कर्जा लगानी पुस २५ गतेसम्म ५ खर्ब १९ अर्ब रुपैंया रहेको छ जुन पुस २३ गतेसम्मको तुलनामा २ अर्ब रूपैंयाकाे वृद्धि हो । 

सिडी रेसियो ९० प्रतिशत भन्दा थाेरै कम भएका कारण उक्त संस्थाहरूकाे कर्जा प्रवाह थाेरै मात्रामा भए पनि बढेकाे देख्न सकिन्छ । सिडी रेसियो ९० प्रतिशतको विन्दु भन्दा अझै तल झरे पश्चात् मात्र बैङ्क तथा वित्तीय संस्थाहरूको कुल कर्जा लगानीमा वृद्धि देखिने छ। यसका निम्ति उक्त बैङ्क तथा वित्तीय संस्थाहरूले निक्षेप वृद्धि गर्न निकै आवश्यक देखिन्छ।

पुस २५ गतेसम्म बैङ्कहरूको अन्तर बैङ्क ब्याजदर ४.१६ प्रतिशत रहेको छ जुन पुस २३ गते ३.२४ प्रतिशत रहेको थियो ।

Ad Below News Title

Ad Inside News Content2

Admana

Energy Line

slc share training

below content