Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

ad mana

काठमाडौँमा ग्लोबल आइएमईको डिजिटल बैंकिङ्ग साक्षरता कार्यक्रम सफलताका साथ सम्पन्न

ज्ञानमाण्डू। ग्लोबल आइएमई बैङ्क लिमिटेडले डिजिटल बैंकिङ्ग सेवाको विस्तार र प्रोत्साहनको लागि देशव्यापी वित्तीय साक्षरता अभियानअन्तर्गत डिजिटल बैंकिङ्ग साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

सातै प्रदेशका गाउँदेखि सहर सम्म डिजिटल बैंकिङ्ग साक्षरता कार्यक्रमहरू आयोजना गर्ने लक्षसहित सुरु भएको अभियानले हालसम्म ७ वटै प्रदेशमा डिजिटल बैंंकिङ्ग साक्षरता कार्यक्रमहरू आयोजना गरिसकेको बैङ्कले जानकारी दिएको छ ।


देशव्यापी वित्तीय साक्षरता अभियान अन्तर्गत ग्लोबल आइएमई बैङ्कले काठमाडौँ उपत्यकाको पकनाजाेल स्थित गाेकर्ण हाउस रेष्टुरेन्टमा डिजिटल बैंकिङ्ग साक्षरता कार्यक्रम सफलताका साथ समापन गरेको छ । उक्त कार्यक्रममा ग्लोबल आइएमई बैङ्कका विभिन्न शाखाका प्रतिनिधि, डिजिटल बैंकिङ्गका बारे बुझ्न निकै उत्साहित ग्राहक वर्ग र अन्य प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

बैंकिङ्ग सेवा कम समयमै छिटो तथा छरितो र घरमै बसेर पनि सेवा लिन पाउने सहजताको लागि यस्ता कार्यक्रमहरू देशव्यापी अभियानको रूपमा चलिरहेको बैङ्कका ज्याठा शाखा प्रमुख गंगा बहादुर राेकाले बताए ।


स्थानीय तहसम्मै डिजिटल वित्तीय चेतना तथा पहुँच पुर्‍याउने उद्देश्यका साथ यस अभियानका लागि बैङ्कले ७६ जिल्लामा रहेका आफ्ना २८७ शाखा कार्यालय, केन्द्रीय र प्रादेशिक कार्यालयलाई समेत परिचालन गरेकाे र यस डिजिटल बैंकिङ्ग साक्षरता कार्यक्रमले ग्राहक तथा स्थानीयवासीलाई डिजिटल बैंकिङ्गकाे प्रयाेग गर्न थप प्राेत्साहन गर्ने कुरा कार्यक्रममा उल्लेख गरिएको थियाे ।


आजको समयमा डिजिटल बैंकिङ्ग अपरिहार्य रहेको तथा मूलधारका वित्तीय माध्यमहरूलाई डिजिटल माध्यमले विस्थापित गर्दै जाने हुनाले डिजिटल बैंकिङ्गको प्रयोग र यसका फाइदाहरूको बारेमा सर्वसाधारणसमक्ष जानकारी पुर्‍याउनु जरुरी रहेको विषयमा कार्यक्रममा उपस्थित बैङ्कका प्रतिनिधिहरुले प्रकाश पारे ।

slc share training