Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Global IME Bank

Bizbazar

ad mana

सुनको भाउमा आकर्षक वृद्धि, एकैदिन तोलामा २ हजार ५ सय रुपैयाँ बढ्यो



ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २ हजार ५ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार फागुन १२ गते, विहीबारका दिन छापावाला सुनको मूल्य तोलाको ९९ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
अघिल्लो कारोबारी दिन अर्थात बुधबार फागुन ११ गतेका दिन, छापावाला सुन प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

विहीबार सुनको मूल्यमा वृद्धि हुँदा चाँदीको मूल्य पनि उकालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार ३ सय ५५ रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबारी दिन बुधबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ३५ रुपैयाँले बढेको देख्न सकिन्छ ।

Ad Below News Title

Ad Inside News Content2

Energy Line

slc share training