Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Global IME Bank

Bizbazar

ad mana

७ महिनासम्ममा जीवन बीमा कम्पनीहरूको बीमा शुल्क आर्जन ८१ अर्ब अधिक, कस्को कति ?

life insurances of nepal

ज्ञानमाण्डू। चालु आर्थिक वर्षको माघ महिनासम्ममा हाल नेपालमा सञ्चालनमा रहेका जम्मा १९ जीवन बीमा कम्पनीहरूले कुल ८१ अर्ब ३० करोड रुपैयाँ बीमा शुल्क सङ्कलन गरेका छन् । औसतमा जीवन बीमा कम्पनीहरूले ४ अर्ब २७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा ५ जीवन बीमा कम्पनीहरूको बीमा शुल्क आर्जन सोही वर्गका संस्थाहरूको औसतभन्दा धेरै रहेको छ भने १४ यस्ता जीवन बीमा कम्पनीको बीमा शुल्क आर्जन औसतभन्दा कम रहेको देखिएको छ।

चालु आर्थिक वर्षको माघसम्ममा सर्वाधिक बीमा शुल्क आर्जनमा नेपाल लाइफकाे प्रभुत्व :
चालु आर्थिक वर्षको माघसम्ममा नेपाल लाइफ इन्स्योरेन्सले सोही वर्गका संस्थाहरू मध्ये सर्वाधिक बीमा शुल्क आर्जन गरेको छ। इन्स्योरेन्सले २१ अर्ब ८ करोड रुपैयाँ अधिक बीमा शुल्क सङ्कलन गरेको देखिन्छ। त्यस्तै, एलआइसी नेपालले सोही अवधिसम्ममा ९ अर्ब ७५ करोड रुपैयाँ बीमा शुल्क सङ्कलन गरेको देखिन्छ।

समीक्षा अवधिमा नेशनल लाइफले ७ अर्ब ८९ करोड रुपैयाँ बीमा शुल्क सङ्कलन गर्दा राष्ट्रिय बीमा संस्थानले ६ अर्ब ४२ करोड रुपैयाँ र युनियन लाइफले ४ अर्ब ८२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । यी संस्थाहरूले चालु आर्थिक वर्षको माघसम्ममा सोही वर्गका संस्थाहरूको औसतभन्दा धेरै बीमा शुल्क आर्जन गर्न सफल भएको देखिन्छ।
त्यस्तै, एशियन लाइफले ४ अर्ब ३ करोड रुपैयाँ, मेट लाइफले ३ अर्ब ९ करोड रुपैयाँ,सिटिजन लाइफले २ अर्ब ९७ कराेड रूपैयाँ, प्राइम लाइफले २ अर्ब ९६ करोड रुपैयाँ, सूर्या लाइफले २ अर्ब ८३ करोड रुपैयाँ, सन नेपाल लाइफले २ अर्ब ३९ करोड रुपैयाँ र रिलायबल नेपालले २ अर्ब २६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

यता, महालक्ष्मी लाइफले जीवन बीमा संस्थाहरू मध्येको सर्वाधिक कम बीमा शुल्क सङ्कलन गरेको देखिन्छ। उक्त जीवन बीमाले ८१ करोड ९३ लाख रुपैयाँ बीमा शुल्क सङ्कलन गर्दा, प्रभु लाइफले १ अर्ब १७ करोड रुपैयाँ, सानिमा लाइफले १ अर्ब ३३ करोड रुपैयाँ, रिलायन्स लाइफले १ अर्ब ६८ करोड रुपैयाँ, गुराँस लाइफले १ अर्ब ८६ करोड रुपैयाँ, आइएमई लाइफले १ अर्ब ९० करोड रुपैयाँ र ज्याेति लाइफले १ अर्ब ९६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको तथ्याङ्कले देखाएको छ ।

नेपालमा सञ्चालनमा रहेका जम्मा १९ जीवन बीमा कम्पनीहरूकाे चालु आर्थिक वर्षको माघ महिनासम्म आइपुग्दा कुल सक्रिय बीमालेख सङ्ख्या १ कराेड १० लाख ८६ हजार ६८९ रहेकाे छ ।

Ad Below News Title

Ad Inside News Content2

Energy Line

slc share training