माघ महिनामा जीवन बीमा कम्पनीहरूको प्रथम बीमा शुल्क आर्जन २ अर्ब ४२ कराेड अधिक, व्यापार विस्तारमा को तगडा?

ज्ञानमाण्डू। हाल नेपालमा सञ्चालनमा रहेका जम्मा १९ जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको माघ महिनामा मात्रै २ अर्ब ४२ करोड रुपैयाँ अधिक प्रथम बीमा शुल्क सङ्कलन गरेको तथ्याङ्कले जनाएको छ। उक्त जीवन बीमा कम्पनीहरूले माघमा औसतमा १२ करोड ७४ लाख रुपैंया प्रथम बीमा शुल्क आर्जन गरेको देखिन्छ। यस अवधिमा ५ जीवन बीमा कम्पनीहरूको प्रथम बीमा शुल्क आर्जन सोही वर्गका संस्थाहरूको औसतभन्दा धेरै रहेको छ भने १४ यस्ता जीवन बीमा कम्पनीहरूको बीमा शुल्क आर्जन औसतभन्दा कम रहेको छ।
चालु आर्थिक वर्षको माघ महिनामा नेपाल लाइफले सर्वाधिक प्रथम बीमा शुल्क आर्जन गरेको छ। इन्स्योरेन्सले एक महिनामै ४५ करोड ९३ लाख रुपैयाँ अधिक प्रथम बीमा शुल्क सङ्कलन गर्दा राम्रो व्यापार विस्तार गरेकाे नेशनल लाइफले ३३ करोड ९५ लाख रुपैयाँ प्रथम बीमा शुल्क सङ्कलन गरेको देखिन्छ।
त्यसै गरी, लाइफ इन्स्याेरेन्स कर्पाेरेसनले माघ महिनामा २० करोड ४८ लाख रुपैयाँ प्रथम बीमा शुल्क सङ्कलन गर्दा सन नेपाल लाइफले १८ करोड ८३ लाख रुपैयाँ, सिटिजन लाइफले १५ कराेड ४६ लाख रूपैयाँ, रिलायबल लाइफले १२ करोड १५ लाख रुपैयाँ, एशियन लाइफले ११ करोड २६ लाख रुपैयाँ, सूर्य लाइफले १० करोड ८५ लाख रुपैयाँ, मेट लाइफले १० करोड ५४ लाख रुपैयाँ र ज्याेति लाइफले १० करोड ७ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।
यता, युनियन लाइफले ९ करोड ८२ लाख रुपैयाँ, प्राइम लाइफले ७ करोड ५२ लाख रुपैयाँ, आइएमई लाइफले ६ करोड ४८ लाख रुपैयाँ, रिलायन्स लाइफले ५ करोड १२ लाख रुपैयाँ, गुराँस लाइफले ५ करोड १२ लाख रुपैयाँ, प्रभु लाइफले ४ करोड ९७ लाख रुपैयाँ, सानिमा लाइफले ४ करोड ६७ लाख रुपैयाँ र महालक्ष्मी लाइफले ४ कराेड ६० लाख रूपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।
चालु आर्थिक वर्षको माघ महिनामा राष्ट्रिय बीमा संस्थानले जीवन बीमा संस्थाहरू मध्येको सर्वाधिक कम प्रथम बीमा शुल्क सङ्कलन गरेको छ। उक्त जीवन बीमाले यस एक महिने अवधिमा ३ करोड ५६ लाख रुपैयाँ प्रथम बीमा शुल्क सङ्कलन गरेको तथ्याङ्कले देखाएको छ ।
प्रतिकृया दिनुहोस्