Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Global IME Bank

Bizbazar

ad mana

धितोपत्र बजारमा दोहोरो अङ्ककाे गिरावट, नेप्से २५४७.०४ को विन्दुमा | NEPSE


ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६३ दशमलव ५४ अंकले घटेर २५४७ दशमलव ०४ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ११ दशमलव ३८ अंकले घटेर ४८८ दशमलव ८३ को विन्दुमा पुगेको छ ।


आज कूल २२८ कम्पनीहरूका ७६ लाख ५२ हजार २०४ कित्ता शेयर रु ३ अर्ब ६२ करोड ११ लाख ४३ हजार ९७९ मा खरिद बिक्री भए ।


कारोबार भएका कूल १३ उपसमूहहरू घटेका छन् । बैंकिङ उपसमूह २६ दशमलव ८४ अङ्कले घट्दा ट्रेडिङ उपसमूह ६४ दशमलव ९८ अङ्कले, होटल तथा पर्यटन उपसमूह ३७.८६ अङ्कले, विकास बैंक उपसमूह १५२.३८ अङ्कले, जलविद्युत उपसमूह १०८.८७ अङ्कले, वित्त उपसमूह ८०.३२ अङ्कले, निर्जीवन बीमा ३२३.१८ अङ्कले, उत्पादन उपसमूह २२९.६४ अङ्कले, अन्य उपसमूह ५०.१३ अङ्कले, लघुवित्त उपसमूह १०६.८२ अङ्कले, जीवन बीमा उपसमूह ४५३.५६ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव २३ अङ्कले र लगानी उपसमूह २.७३ अङ्कले घटेका छन् ।


Ad Below News Title

Ad Inside News Content2

Energy Line

slc share training