Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Landing Page, Road Block Admana

Global IME Bank

ad mana

धितोपत्र बजारमा दोहोरो अङ्ककाे गिरावट, नेप्से २५४४.३० को विन्दुमा | NEPSE


ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ऒरलो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३ दशमलव ९५ अंकले घटेर २५४४ दशमलव ३० को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ४ दशमलव ६० अंकले घटेर ४७५ दशमलव ४७ को विन्दुमा पुगेको छ ।


आज कूल २२८ कम्पनीका ३७ लाख ८७ हजार ०४५ कित्ता शेयर रु १ अर्ब ८९ करोड ०१ लाख ६४ हजार ६८६ मा खरिद बिक्री भए ।


कारोबार भएका कूल १३ उपसमूहहरू मध्य ट्रेडिङ उपसमूह १७ दशमलव २६ अङ्कले बढेको छ । यता, बैंकिङ उपसमूह ६ दशमलव ३६ अङ्कले घट्दा होटल तथा पर्यटन उपसमूह ७९.४९ अङ्कले, विकास बैंक उपसमूह १०३.८८ अङ्कले, जलविद्युत उपसमूह ५६.०३ अङ्कले, वित्त उपसमूह ५७.५६ अङ्कले, निर्जीवन बीमा ३७.३ अङ्कले, उत्पादन उपसमूह २७.१२ अङ्कले, अन्य उपसमूह २६.२६ अङ्कले, लघुवित्त उपसमूह ४५.५५ अङ्कले, जीवन बीमा उपसमूह १७६.२९ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव १ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव ६६ अङ्कले घटेका छन् ।


Ad Below News Title

Ad Inside News Content2

Admana

Energy Line

slc share training

below content