Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Global IME Bank

Bizbazar

ad mana

नेपाल टेलिकमको अनलिमिटेड डाटासहितको फागु अफर (Holi Offer)

ntc holi offer

ज्ञानमाण्डू। मुलुकभरी मनाइने फागु पर्वको अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटासहितको फागु अफर (Holi Offer) उपलब्ध गराउने भएको छ । यो अफर भोलि अर्थात् चैत ३ गतेदेखि चैत १७ गतेसम्म उपलब्ध हुनेछ ।

यो अफर अन्तर्गत रु. ६९ मा एक एमबिपिएस अनलिमिटेड डाटा २४ घण्टा, रु. ९८ मा ६ जीबी डाटा ३ दिन र रु. २९४ मा २० जीबी डाटा १० दिनका लागि उपलब्ध हुनेछ । *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ ।

नेपालीहरुको महत्वपूर्ण पर्वहरु फागु पूर्णिमा र चैते दशैंलाई समेत दृष्टिगत गरी ल्याइएको यस अफरको अवधि १५ दिनसम्म कायम रहनेछ । यस अफरबाट सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने विश्वास रहेका कम्पनीको जनाएको छ ।

Ad Below News Title

Ad Inside News Content2

Energy Line

slc share training