एनएमबि लघुवित्तमा राेजगारीकाे अवसर, +2 पास र अनुभव नहुनेलाई सुनौलो माैका ज्ञानमाण्डू प्रकाशित मिति : March 16, 2022 Click here to join Gyanmandu.com's Viber Communityज्ञानमाण्डू। एनएमबि लघुवित्त वित्तीय संस्था लि. एनएमबि बैंक लि.को सहायक कम्पनीको रुपमा दर्ता कायम भएको राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको एक प्रतिष्ठित कम्पनी हो । साे वित्तीय संस्थालाई उल्लेखित पदमा कर्मचारीहरु आवश्यक भई खुल्ला प्रतिस्पर्धाबाट पदपुर्ती गर्नु पर्ने भएकोले योग्यता पुगेका इच्छुक व्यक्तिहरुलाई सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवेदन दिन आह्वान गरेकाे छ । प्राप्त हुन आएका आवेदनहरु मध्ये रितपुगेका योग्य आबेदकहरुको छोटो सूची (Short List) र परीक्षा सम्बन्धी कार्यक्रम आवेदन दिने म्याद समाप्त भएको मितिले ७ दिन भित्रमा वेवसाइटमा प्रकाशित गरिने छ । टेलिफोन र इमेलबाट समेत परीक्षा कार्यक्रम सम्बन्धी जानकारी दिन सकिने छ।Click here to join viber community for all Vacancy Updates.पद: कनिष्ठ सहायकश्रेणी: सहायकसंख्या: केहीआवश्यक योग्यता: मान्यता प्राप्त विश्वविद्यालयबाट प्रविणता प्रमाणपत्र तह वा (१०+२) वा सो सरह परीक्षा उत्तीर्ण गरेका, नेपाली र अंग्रजी टाइपिङ तथा कम्युटरमा दक्षता भएका उमेद्वारले दरखास्त दिन सक्नेछन् । बैंक तथा लघुवित्त वित्तीय संस्थाको अनुभव भएका, मोटरसाइकल चालक अनुमति पत्र भएका आवेदकहरुलाई प्राथमिकता दिइने छ। Click here to join viber community for all Vacancy Updates.१. आवेदकहरुको उमेरको हद १८ वर्ष पुरा भई ३० वर्ष ननाघेको हुनुपर्नेछ । महिला आवेदकहरुको हकमा माथिल्लो उमेरको हदमा ५ वर्ष थप हुनेछ।२. नेपाल बाहिरका शिक्षण संस्थाबाट प्राप्त शैक्षिक प्रमाणपत्रहरु भए समकक्षता निर्धारणको प्रमाणपत्र पेश गर्नुपर्नेछ ।३. कर्मचारी छनौट सम्बन्धी सम्पूर्ण अधिकार यस वित्तीय संस्थामा निहित रहनेछ ।तलव तथा अन्य सुविधा : वित्तीय संस्थाको नियमानुसार हुनेछ ।परीक्षाको किसिम : लिखित, प्रयोगात्मक, फिल्ड अवधारणा र अन्तरवार्ता । परीक्षा केन्द्र : पोखरा।Click here to join viber community for all Vacancy Updates.Click here to applyClick here to join Gyanmandu.com's Viber Communityएनएमबि लघुवित्त वित्तीय संस्था लि. NMB Laghubitta Bittiya Sanstha Ltd.“नेपाल राष्ट्र बैंकबाट 'घ' वर्गको इजाजतपत्र प्राप्त संस्था"केन्द्रीय कार्यालय : पोखरा-२५, हेम्जा, कास्कीफोन : ०६१-४००४२७, ४००४७७ प्रतिकृया दिनुहोस्
प्रतिकृया दिनुहोस्