आइएमई पेबाट नयाँ योजना, हवाई टिकट काट्दा सर्वाधिक क्यासब्याक र रू. ३०० सम्म छुट
ज्ञानमाण्डू। आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘ आइएमई पे ’ ले हवाइ उडान टिकटको नयाँ योजना सार्वजनिक गरेको छ । पहिलो पटक आइएमई पे एप प्रयोग गर्ने सेवाग्राही वा पहिलो पटक आइएमई पे एपबाट हवाइ उडान टिकट काट्ने सेवाग्राहीहरुले आइएमई पे एप मार्फत हवाइ उडान टिकट काट्दा सर्वाधिक क्यासब्याकको साथै अतिरिक्त रू. ३०० छुट प्राप्त गर्ने प्रबन्ध मिलाएको कम्पनीले जनाएकाे छ । यात्राको लागि सबैभन्दा सहज माध्यम हवाइ उडान भएकोले, आइएमई पेले यात्रुहरुलाई हवाइ उडान मार्फत यात्रा गर्न प्रोत्साहन दिन समय–समयमा यस्ता योजनाहरु प्रस्तुत गर्दै आएको छ ।
नयाँ योजना अनुसार हवाई उडान टिकटमा ५०% सम्मको छुटदेखि लिएर नेपालको कैयौँ रमणिय गण्तव्यको फ्री हवाइ टिकट प्रदान गर्ने जस्ता योजनाहरु आईएमई पे ले ल्याउने गरको कम्पनीले जनाएकाे छ ।
योजनामा कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको कम्पनीले बताएकाे छ । पहिलो पटक आइएमई पे एप प्रयोग गर्ने सेवाग्राही वा पहिलो पटक आइएमई पे एपबाट हवाइ उडान टिकट काट्ने सेवाग्राहीहरुले मात्र यो अफर मार्फत छुट पाउँनेछन् भने फर्स्ट टाईम युजर्सहरुले आइएमई पे एपको पूर्व उल्लेखित क्यासब्याकको साथै रू. ३०० अतिरिक्त छुट पाउनेछन् । अरु प्रयोगकर्ताहरुले नियमित सर्वाधिक क्यासब्याकमा आइएमई पे एप मार्फत हवाइ उडान टिकट बुक गर्न सकिने कम्पनीले जनाएकाे छ ।
प्रतिकृया दिनुहोस्