Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Global IME Bank

Bizbazar

ad mana

धितोपत्र बजारमा ५.१७ अंकको वृद्धि, नेप्से परिसूचक २३७६.१७ को विन्दुमा | NEPSE


ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक एकल अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५ दशमलव १७ अंकले बढेर २३७६ दशमलव १७ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक १ दशमलव ६१ अंकले बढेर ४५४ दशमलव ५६ को विन्दुमा पुगेको छ ।


आज कूल २२८ कम्पनीका २८ लाख ८५ हजार ०३९ कित्ता शेयर रु १ अर्ब ०८ करोड ९९ लाख ९२ हजार ०३५ मा खरिद बिक्री भए ।


कारोबार भएका कूल १३ उपसमूह मध्य चार उपसमूहको शेयर ओरालो लागेका छन् । होटल तथा पर्यटन उपसमूह ३६ दशमलव ७४ अङ्कले बढ्दा विकास बैंक उपसमूह ७५.०१ अङ्कले, जलविद्युत उपसमूह १४ अङ्कले, वित्त उपसमूह १४.४९ अङ्कले, निर्जीवन बीमा ३०.६९ अङ्कले, उत्पादन उपसमूह २२.३४ अङ्कले, अन्य उपसमूह ११.३ अङ्कले, जीवन बीमा उपसमूह शुन्य दशमलव २४ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव ३ अङ्कले बढेका छन् । यता, बैंकिङ उपसमूह २ दशमलव ८५ अङ्कले, ट्रेडिङ उपसमूह ५.३९ अङ्कले, लघुवित्त उपसमूह ३.५५ अङ्कले र सामूहिक लागनी कोष शुन्य दशमलव १ अङ्कले घटेकाे छ ।


Ad Below News Title

Ad Inside News Content2

Energy Line

slc share training