Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Global IME Bank

Bizbazar

ad mana

धितोपत्र बजारमा ९५.५२ अंकको वृद्धि, नेप्से परिसूचक २४२०.९६ को विन्दुमा


ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ९५ दशमलव ५२ अंकले बढेर २४२० दशमलव ९६ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक १७ दशमलव ७४ अंकले बढेर ४६० दशमलव ८८ को विन्दुमा पुगेको छ ।


आज कूल २३८ कम्पनीका ६६ लाख ३९ हजार ५०४ कित्ता शेयर रु २ अर्ब ५३ करोड १२ लाख ७५ हजार ५९२ मा खरिद बिक्री भए ।


कारोबार भएका कूल १३ उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ उपसमूह ४२ दशमलव १२ अङ्कले बढ्दा ट्रेडिङ उपसमूह २२.७९ अङ्कले, होटल तथा पर्यटन उपसमूह ८४.९३ अङ्कले, विकास बैंक उपसमूह २६२.३७ अङ्कले, जलविद्युत उपसमूह १८९.१७ अङ्कले, वित्त उपसमूह १४३.६७ अङ्कले, निर्जीवन बीमा ४३४.३७ अङ्कले, उत्पादन उपसमूह १५६.४६ अङ्कले, अन्य उपसमूह ८८.७६ अङ्कले, लघुवित्त उपसमूह १७९.४२ अङ्कले, जीवन बीमा उपसमूह ४२३.३७ अङ्कले, सामूहिक लगानी कोष शुन्य दशमलव ३१ अङ्कले र लगानी उपसमूह ४ दशमलव ३३ अङ्कले बढेको छ।


Ad Below News Title

Ad Inside News Content2

Energy Line

slc share training