Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Landing Page, Road Block Admana

Global IME Bank

ad mana

धितोपत्र बजारमा ३५.६९ अंकको वृद्धि, नेप्से परिसूचक २४६४.३५ को विन्दुमा



ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३५ दशमलव ६९ अंकले बढेर २४६४ दशमलव ३५ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ८ दशमलव १५ अंकले बढेर ४६३ दशमलव ७५ को विन्दुमा पुगेको छ ।

आज कूल २२४ कम्पनीका ५४ लाख ४४ हजार ७३८ कित्ता शेयर रु २ अर्ब १२ करोड १५ लाख ११ हजार २७९ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ उपसमूह १८ दशमलव ८७ अङ्कले बढ्दा ट्रेडिङ उपसमूह ५९.३२ अङ्कले, होटल तथा पर्यटन उपसमूह २८.१८ अङ्कले, विकास बैंक उपसमूह ७०.७८ अङ्कले, जलविद्युत उपसमूह ३० अङ्कले, वित्त उपसमूह २७.१ अङ्कले, निर्जीवन बीमा १०९.१३ अङ्कले, उत्पादन उपसमूह ४७.८२ अङ्कले, अन्य उपसमूह ६८.३३ अङ्कले, लघुवित्त उपसमूह ६३.७७ अङ्कले, जीवन बीमा उपसमूह २६२.३७ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव ११ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव ९२ अङ्कले बढेको छ।

Ad Below News Title

Ad Inside News Content2

Admana

Energy Line

slc share training

below content