Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Global IME Bank

Bizbazar

ad mana

हेटौंडामा ‘डिजिटल बागमती संवाद’ आयोजना हुँदै, निःशुल्क सहभागी हुन सकिने



ज्ञानमाण्डू।
बागमती प्रदेशको राजधानी हेटौंडामा डिजिटल बागमती संवाद आयोजना हुने भएको छ । आइसिटी फाउन्डेसन नेपालको आयोजनामा जेठ १७ गते मंगलबार हेटौंडामा डिजिटल बागमती संवाद आयोजना हुने भएको
आयोजकले जनाएकाे छ

 
संवाद मंगलबार हेटौंडाको एभोकाडो एण्ड अर्किड रिसोर्टमा आयोजना हुने आयोजकले जनाएको छ । डिजिटल संवादमा बागमती प्रदेशको डिजिटाइजेसन र डिजिटल रूपान्तरण विषयमा छलफल हुनेछ ।

ह्वावेको मुख्य प्रायोजन र इन्फोडेभलपर्सको सहप्रयोजनमा आयोजना डिजिटल संवादमा बागमती प्रदेशका सरकारी, निजी तथा सार्वजनिक क्षेत्रका विज्ञ सरोकारवालाहरुबीच प्यानल संवाद आयोजना हुने आयोजकले बताएको छ

डिजिटल संवादमा निःशुल्क सहभागी हुन सकिने छ । यस कार्यक्रम बारे थप जानकारी लिन digitalsamvad.org भिजिट गर्न वा ९८०१२६३६०४ मा फोन गर्न सकिने
आयोजकले जनाएको छ


यसअघि बागमती प्रदेश बाहेकका अन्य ६ वटा प्रदेशमा डिजिटल संवाद कार्यक्रम आयोजना भइसकेको
आयोजकले बताएको छ

Ad Below News Title

Ad Inside News Content2

Admana

Energy Line

slc share training

below content