Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Global IME Bank

Bizbazar

ad mana

सुनको मूल्यमा वृद्धि, चाँदी तोलाको कति ?



ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार वैशाख २२ गते, विहीबारका दिन छापावाला सुनको मूल्य तोलाको ९८ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार १ सय रुपैयाँ तोकिएको छ ।

अघिल्लो कारोबारी दिन अर्थात बुधबार वैशाख २१ गतेका दिन, छापावाला सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

विहीबार सुनको मूल्यमा वृद्धि हुँदा चाँदीको मूल्य पनि उकालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार ३ सय ०५ रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबारी दिन बुधबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १५ रुपैयाँले बढेको देख्न सकिन्छ ।

Ad Below News Title

Ad Inside News Content2

Energy Line

slc share training