Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Global IME Bank

Bizbazar

ad mana

धितोपत्र बजारमा १२.२७ अंकको वृद्धि, नेप्से परिसूचक २२६८.८४ को विन्दुमा | NEPSE


ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दाेहाेराे अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव २७ अंकले बढेर २२६८ दशमलव ८४ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ३ दशमलव १२ अंकले बढेर ४३९ दशमलव ४७ को विन्दुमा पुगेको छ ।


आज कूल २२२ कम्पनीका ३३ लाख २४ हजार ८२२ कित्ता शेयर रु १ अर्ब ३९ करोड ०६ लाख ०७ हजार ७०१ मा खरिद बिक्री भए ।


कारोबार भएका कूल १३ उपसमूह मध्य चार उपसमूहको शेयर ओरालो लागेका छन् । बैंकिङ उपसमूह १४ दशमलव ७६ अङ्कले बढ्दा ट्रेडिङ उपसमूह ३५ दशमलव २२ अङ्कले, जलविद्युत उपसमूह १२.५३ अङ्कले, वित्त उपसमूह १.६६ अङ्कले, निर्जीवन बीमा ५७.०३ अङ्कले, उत्पादन उपसमूह २७.१९ अङ्कले, अन्य उपसमूह ५.९१ अङ्कले, लघुवित्त उपसमूह ६०.७५ अङ्कले र सामूहिक लागनी कोष शुन्य दशमलव ०८ अङ्कले बढेका छन् । यता, होटल तथा पर्यटन उपसमूह २५ दशमलव ८५ अङ्कले, विकास बैंक उपसमूह २०.९१ अङ्कले, जीवन बीमा उपसमूह ८२.१२ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव ०७ अङ्कले घटेकाे छ ।


Ad Below News Title

Ad Inside News Content2

Energy Line

slc share training