Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Global IME Bank

Bizbazar

ad mana

सुनको मूल्यमा गिरावट आउँदा चाँदीको मूल्य कति ?



ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार जेठ ३० गते, साेमबारका दिन छापावाला सुनको मूल्य तोलाको ९८ हजार ९ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ४ सय रुपैयाँ तोकिएको छ ।
अघिल्लो कारोबार दिन अर्थात अईतबार जेठ २९ गतेका दिन, छापावाला सुन प्रतितोला ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

साेमबार सुनको मूल्यमा गिरावट हुँदा चाँदीको मूल्य पनि सामान्य रकमले आेरालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय ६५ रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबार दिन अईतबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १५ रुपैयाँले घटेको देख्न सकिन्छ ।

Ad Below News Title

Ad Inside News Content2

Admana

Energy Line

slc share training

below content