Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Global IME Bank

Bizbazar

ad mana

ज्योति विकास बैंकको ७१ महिनामै पैसा दोब्बर हुने योजना सार्वजनिक



ज्ञानमाण्डू। ज्योति विकास बैंकले “ज्योति दुई गुणा डिपोजिट” मुद्धती योजना सार्वजनिक गरेको छ। उक्त योजना अन्तर्गत ग्राहकहरुले ५ वर्ष ११ महिनामै जम्मा गरेको रकमको दुई गुणा रकम प्राप्त गर्ने
बैंकले जनाएकाे छ।


व्यक्तिगत ग्राहकलाई लक्षित गरी ल्याइएको यस मुद्धती खातामा न्यूनतम १० हजार जम्मा गरि खाता खोल्न सकिन्छ। यो खाता बैंकको सम्पूर्ण शाखा कार्यालयहरुबाट खोल्न सकिने
बैंकले बताएकाे छ। साथै, यस खातामा ग्राहकलाई रकम आवश्यक परेमा साँवा रकमको ९० प्रतिशतसम्म ऋण सुविधा पनि रहेकाे बैंकले जनाएकाे छ।

ज्योति विकास बैंक ग्राहक केन्द्रित भई ग्राहकहरुको आवश्यकता र मागहरुलाई अनुसरण गर्दै नवीनतम सुविधाहरु ल्याई ग्राहकहरुको बैंकसंगको कारोबारलाई थप दिर्घकालिन र प्रभावकारी बनाउन सक्रिय रहँदै आएको
बैंकले जनाएकाे छ।


ज्योति विकास बैंकले हाल ११७ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ६४ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको
बैंकले बताएकाे छ।

Ad Below News Title

Ad Inside News Content2

Admana

Energy Line

slc share training

below content