नेपाल लाईफ इन्स्याेरेन्स कम्पनी र एन आई सी एशिया बैकंकाे संस्थापक शेयर आज देखि लिलामीमा
ज्ञानमाण्डू। नेपाल लाईफ इन्स्याेरेन्स कम्पनी लिमिटेड र एन आई सी एशिया बैकं लिमिटेडकाे संस्थापक शेयर असार ८ गते (आज) देखि लिलामी मार्फत विक्रीका लागि खुला भएकाे छ।
लिलामी मार्फत विक्री हुन लागेकाे नेपाल लाईफ इन्स्याेरेन्स कम्पनीकाे ५ लाख ९७ हजार कित्ता शेयरकाे मूल्य प्रति कित्ता न्युनतम रु.७०० तोकिएको छ भने एन आई सी एशिया बैकंकाे ७ लाख १९ हजार कित्ता शेयरकाे मूल्य प्रति कित्ता न्युनतम रु.४०० तोकिएको छ। उक्त संस्थापक शेयरहरु खरीद गर्ने इच्छुक विद्यमान संस्थापकहरु वा योग्य जो कोही व्यक्ति तथा संगठित संस्थाहरुले असार १६ गते सम्ममा बोलपत्र आवेदन पेश गर्न सक्ने कम्पनीले जनाएकाे छ।
बोलपत्र पेश गर्दा न्यूनतम १००० कित्ताको लागि आवेदन दिनुपर्नेछ भने साे भन्दा माथि १० ले भाग जाने गरि अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले बताएकाे छ ।
इच्छुक आवेदकले ग्लोबल आइएमई बैंक लिमिटेडको शाखा कार्यालयहरू विर्तामोड, हनुमानदास रोड-विराटनगर, जनकपुर, आर्दशनगर-वीरगंज, हेटौडा, नारायणगढ, न्यूरोड-पोखरा, बुटवल-मिलनचोक, बाग्लुङ्ग, नेपालगंज-त्रिभुवन चोक, सुर्खेत, घोराही-दाङ, धनगढी, महेन्द्रनगरमा आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएकाे छ।
यस कम्पनीको बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।
प्रतिकृया दिनुहोस्