Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Global IME Bank

Bizbazar

ad mana

धितोपत्र बजारमा ३७.४९ अंकको वृद्धि, नेप्से परिसूचक १९२२.३० को विन्दुमा


ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३७ दशमलव ४९ अंकले बढेर १९२२ दशमलव ३० को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ८ दशमलव १८ अंकले बढेर ३७४ दशमलव ३७ को विन्दुमा पुगेको छ ।


आज कूल २३१ कम्पनीका ३७ लाख ६५ हजार ५१६ कित्ता शेयर रु १ अर्ब २५ करोड ३७ लाख ५७ हजार ७१४ मा खरिद बिक्री भए ।


कारोबार भएका कूल १३ उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ उपसमूह १५ दशमलव ८३ अङ्कले बढ्दा ट्रेडिङ उपसमूह ४६.८३ अङ्कले, होटल तथा पर्यटन उपसमूह ५५.१६ अङ्कले, विकास बैंक उपसमूह १२१.९४ अङ्कले, जलविद्युत उपसमूह ५७.९८ अङ्कले, वित्त उपसमूह ४४.०८ अङ्कले, निर्जीवन बीमा १४९.२४ अङ्कले, उत्पादन उपसमूह ८६.४ अङ्कले, अन्य उपसमूह २५.३ अङ्कले, लघुवित्त उपसमूह ८७.७ अङ्कले, जीवन बीमा उपसमूह २०४.२७ अङ्कले, सामूहिक लगानी कोष शुन्य दशमलव ४३ अङ्कले र लगानी उपसमूह १ दशमलव ३९ अङ्कले बढेको छ।


Ad Below News Title

Ad Inside News Content2

Admana

Energy Line

slc share training

below content