Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Global IME Bank

Bizbazar

ad mana

प्रभु बैंक लिमिटेड र मणिग्राम विश्राम वाटिका प्रा. लि.का बिच आकर्षक छुट गर्ने सम्झौता


 
ज्ञानमाण्डू। हिजो मिति २०७९ असार ०५ गतेका दिन प्रभु बैंक लिमिटेड र मणिग्राम विश्राम वाटिका प्रा.लि. बिच, मणिग्राम विश्राम वाटिका प्रा.लि.मा आकर्षक छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । 

 

बैंकका तर्फबाट मणिग्राम शाखा कार्यालयका प्रमुख सन्तोष खत्री र मणिग्राम विश्राम वाटिका प्रा.लि.का तर्फबाट निर्देशक गिरीश मणि आचार्य दीक्षितद्घारा उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको बैंकले जनाएकाे छ । प्रभु बैंक र मणिग्राम विश्राम वाटिका प्रा.लि. बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरेका सम्पूर्ण ग्राहकहरुले मणिग्राम विश्राम वाटिका प्रा.लि.द्धारा सञ्चालित होटलमा फुडमा १० प्रतिशत र लजिङ्ग सुविधामा १५ प्रतिशत छुट प्राप्त हुने बैंकले जनाएकाे छ

 
उक्त सम्झौता अन्तर्गत मणिग्राम विश्राम वाटिका प्रा.लि.मा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्यु आर र पीओएस मेसिन च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, मणिग्राम विश्राम वाटिका प्रा.लि का सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको
बैंकले जनाएकाे छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

Ad Below News Title

Ad Inside News Content2

Admana

Energy Line

slc share training

below content