सिवाईसी नेपाल लघुवित्तले १०१ कर्मचारीहरू माग्याे; +2 पास र अनुभव नहुनेका लागि सुनौलो अवसर

नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको ईजाजतपत्र प्राप्त राष्ट्रिय स्तर कार्यक्षेत्र भएको सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. पोखराले तपशिल बमोजिमका पदहरुमा पदपुर्ति गर्नुपर्ने भएकाले ईच्छुक योग्य उम्मेदवारहरुबाट विज्ञापन प्रकाशित भएको मितिले २१ दिन भित्रमा तोकिएको ठेगानामा आईपुग्ने गरी दरखास्त आव्हान गरेकाे छ।
(क) उमेरको हद : ब्यवस्थापकीय श्रेणीका लागि आवेदन दिने मितिसम्म २१ बर्ष पुरा भई ४५ वर्ष ननाघेको, अधिकृत श्रेणीका लागि २१ बर्ष पुरा भई ४० बर्ष ननाघेको र सहायक श्रेणीका लागि १८ बर्ष पुरा भई ३५ बर्ष ननाघेको तर व्यवस्थापकिय श्रेणी बाहेकका पदमा महिला उमेदवारको हकमा माथिल्लो उमेरको हद ५ वर्ष थप हुनेछ।
(ख) छनौट प्रक्रिया : छनौट सूचीमा परेका आवदेकहरु मध्ये व्यवस्थापकीय श्रेणीको पदपुर्ति कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताको माध्यमबाट गरिने छ भने अधिकृत र सहायक श्रेणीको पदपुर्ति लीखित तथा अन्तर्वार्ता परीक्षाका माध्यमबाट गरिने छ । विज्ञापन नं. १० देखि २२ सम्मका सफल उम्मेदवारहरुलाई ६ महिने परीक्षणकालमा नियुक्त गरिनेछ भने विज्ञापन नं. २३ लाई ६ महिना प्रशिक्षण र प्रशिक्षणमा सफल उम्मेदवारहरुलाई मात्र परीक्षणकालमा नियुक्ती गरिने छ ।परीक्षणकालमा नियुक्त कर्मचारीहरुको कार्यसम्पादन सन्तोषजनक भएमा मात्र स्थायी नियुक्ति दिईने छ।
(ग) परीक्षा दस्तुर : व्यवस्थापकीय श्रेणीका लागि रु. २०००।-, अधिकृत श्रेणीका लागि रु. १००० र सहायक श्रेणीका लागि रु. ५००, आवेदकहरुले यस सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. को नाममा रहेको ग्लोबल आई.एम.ई. बैंक लि.,बागलुङको खाता नं. १२०१०१००००५६९ र राष्ट्रिय वाणिज्य बैक लि.बागलुङको खाता नं ३३७०१०००००८३४००१ मा रकम जम्मा गरी, भौचर अनिवार्य आवेदन सहित पठाउनु पर्नेछ। |
(घ) निवेदन पठाउँदा : आफुले काम गर्न चाहेको पद, उमेर, कार्य अनुभव, हालसालै खिचेको पासपोर्ट साईजको फोटो, सम्वन्धित पदका लागि तोकिएको शैक्षिक योग्यता, आफुलाई राम्रोसंग चिन्ने कुनै दुई जना व्यक्तिको नाम, सम्पर्क नं. लगाएतका विवरणहरु उल्लेख गरिएको Bio-Data, निवेदन, नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यता तथा अनुभव प्रमाणीत हुने प्रतिलिपी PDF फरम्याटमा एउटै फाईल बनाई संलग्न गर्नुपर्नेछ।
(ङ) काम गर्नुपर्ने कार्यालय : छनौट भएका उम्मेदवारहरुले वित्तीय संस्थाले खटाएको जुनसुकै कार्यालयमा रहि काम गर्नुपर्नेछ। विज्ञापन नं. २२ र २३ को हकमा नियुक्ति दिदा संस्थाले आवेदकको घर ठेगाना भएको प्रदेशलाई पहिलो प्राथामिकतामा राखिनेछ।
(च) तलव भत्ता तथा अन्य सुविधाहरुः वित्तीय संस्थाको नियमानुसार हुनेछ ।
(छ) आवेदन दिनका लागि : http://www.cycnlbsl.org.np/careers.
नोट : रितपूर्वक प्राप्त दरखास्तहरु मध्येबाट छनौट सुचीमा (Short List) मा परेका उम्मेदवारहरुलाई मात्र लीखित, कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका | लागि सम्पर्क गरिने छ । कर्मचारी छनौट सम्वन्धि सम्पूर्ण अधिकार तथा निर्णय संस्थामा निहीत रहनेछ।
सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड
केन्द्रीय कार्यालय, पोखरा महानगरपालिका
वडा नं.-८, सभागृहचोक कास्की
फोन नं.: ०६१-५९०८९४, ५९०८९५/
Email: info@cyenlbsl.org.np
Website: www.cycnlbsl.org.np
प्रतिकृया दिनुहोस्