Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Landing Page, Road Block Admana

Global IME Bank

ad mana

राज्य र निजी क्षेत्र बिचको सहकार्यले मात्र समृद्धि सम्भव छ, वरिष्ठ उपाध्यक्ष ढकाल


ज्ञानमाण्डू। नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार तथा निजी क्षेत्र बिचको सहकार्यले मात्र जनअपेक्षा अनुरूपको विकास र समृद्धि हासिल गर्न सम्भव भएको बताउनुभएको छ ।
चन्द्रागिरि उद्योग वाणिज्य सङ्घद्वारा सोमबार आयोजित नवनिर्वाचित स्थानीय जनप्रतिनिधिहरूलाई बधाई तथा सम्मान कार्यक्रममा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रसँगको सहकार्यको महत्त्वलाई बुझेर अगाडि बढ्न जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभयो ।

स्थानीय सरकार र निजी क्षेत्र दुवैको साझा लक्ष्य विकास र सम्मृद्धि मार्फत जनतालाई सुखी तुल्याउने रहेको छ । त्यसैले राज्य र निजी क्षेत्र बिच बलियो साझेदारीका लागि म यहाँहरूलाई आह्वान समेत गर्दछु, उहाँले भन्नुभयो ।
उहाँले स्थानीय निकायका जनप्रतिनिधिहरूले विकास र लगानीका लागि एक आपसमा प्रतिस्पर्धा गर्नुपर्ने बताउनुभएको छ ।

ढकालले स्थानीय जनप्रतिनिधिहरूले आफ्नो स्थानीय तहमा धेरै भन्दा धेरै उद्योग व्यवसायहरू सञ्चालन गर्ने, लगानी भित्र्याउने र रोजगारी सृजना गर्ने विषयमा एक आपसमा प्रतिस्पर्धा गर्नुपर्ने बताउनुभएको छ ।
यसरी प्रतिस्पर्धा गर्दा स्थानीय निकायहरूले स्थानीय वासीहरूलाई रोजगारी सृजना गर्ने, भौतिक पूर्वाधार निर्माण हुने र साथसाथै राजश्व पनि सङ्कलन हुने उहाँले बताउनुभयो ।

उहाँले चन्द्रागिरि हिल्सले चन्द्रागिरिका स्थानीयहरूलाई रोजगारी दिएको, स्थानीय उत्पादनको प्रवर्द्धन गरेको र अन्य सामाजिक क्षेत्रमा सहयोग पुर्‍याएको बताउनुभयो ।

Ad Below News Title

Ad Inside News Content2

Admana

Energy Line

slc share training

below content