Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Landing Page, Road Block Admana

Global IME Bank

ad mana

सिभिल बैंकका ग्राहकलाइ बिराटनगरको बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा १० प्रतिशत छुट



ज्ञानमाण्डू। सिभिल बैंकका सम्पूर्ण ग्राहकहरुले बिराटनगरको बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा १० प्रतिशत छुट पाउने भएका छन् । आज एक कार्यक्रममा बैंकका तर्फबाट सिभिल बैंकका प्रदेश नं १ का प्रमुख राजेश ढकाल तथा हस्पिटलका तर्फबाट अध्यक्ष डा.ज्ञानेन्द्रमान सिंह कार्कीले सम्झौतामा हस्ताक्षर गरेकाे
बैंकले जनाएकाे छ

उक्त सम्झौता अनुसार ग्राहकहरुले ओ.पि.डि, बेड चार्ज तथा अपरेसनमा लाग्ने शुल्कमा १०% छुट पाउने ब्यबस्था रहेकाे
बैंकले जनाएकाे छ । यसका साथै आगामी दिनहरुमा अन्य संघ संस्थाहरुसँग पनि यस्ता सम्झौताहरु गर्दै जाने बिराटनगर शाखाका प्रवन्धक प्रशान्त कार्कीले जनाएकाे छ ।


सात लाख भन्दा बढी ग्राहकहरुलाई ११५ शाखाहरु मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकको हालसम्म १२ एक्सटेन्सन काउन्टरहरु र ९९ एटिएम रहेका छन् । साथै बैंकले हालसम्म करीव रु. ९५ अर्व निक्षेप परिचालन गरी रु. ८७ अर्व भन्दा बढी कर्जा लगानी गरीसकेकोे
बैंकले जनाएकाे छ

Ad Below News Title

Ad Inside News Content2

Admana

Energy Line

slc share training

below content