Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Landing Page, Road Block Admana

Global IME Bank

ad mana

सम्भावित आर्थिक सङ्कट टार्न पुँजी र प्रविधि भित्र्याउन एनआरएनलाई वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको आग्रह


ज्ञानमाण्डू। नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा पनि कोरोनापछिको समयमा आर्थिक सङ्कटका सङ्केतहरू देखा परिरहेकाले त्यस्तो अवस्थाबाट देशलाई जोगाउन विदेशी लगानीका लागि आग्रह गर्नुभएको छ ।

नेपाल पत्रकार महासङ्घ युकेको वार्षिक साधारण सभाका अवसरमा लन्डनमा आइतबार आयोजित कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले भन्नुभयो– विश्वमा देखिएको कोरोनाको प्रभावको आर्थिक मन्दी तथा सङ्कटका बाछिटा नेपालमा पनि नदेखिएको भन्न मिल्दैन, त्यो समस्या हामी पनि झेलिरहेका छौँ ।

उहाँले नेपाललाई यस्तो सङ्कटमा पर्न नदिन र आर्थिक अवस्थालाई बचाई राख्न संसारभरमा रहेका नेपालीहरूले नेपालमा पुँजी र प्रविधि भित्र्याउन र वैदेशिक लगानी गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो– नेपाल सरकार र नेपाल राष्ट्र बैंकको समन्वयमा अब यहाँहरूले पनि डलरमा खाता खोल्ने अवसर प्राप्त गर्नुभएको छ, यसबाट लाभ लिनुहोस् र नेपालमा बढीभन्दाबढी लगानी ल्याउनुहोस् भन्ने मेरो आग्रह छ ।

उहाँले सुरुमा कोरोनाको कहर र पछिल्लो समयमा आएर रुस युक्रेन युद्धका कारण विश्वको अर्थतन्त्रमा अनेकन् समस्याहरू देखा परिरहेको र महँगी बढेको, र त्यसको मारमा हामी नेपाली पनि परेको धारणा राख्नुभयो ।

लगानी गरेर राम्रो प्रतिफल लिन मिल्ने संसारका धेरै देशहरूमध्ये नेपाल पनि एक रहेको उहाँको भनाई थियो ।

उहाँले नेपालमा लगानीका कैयौँ सम्भावना रहेको र नेपालमा लगानीबाट धेरैभन्दाधेरै प्रतिफल लिन सकिने उदाहरण पनि पेस गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष तथा आइएमई समूहका अध्यक्ष ढकालले आफूहरूले गैर आवासीय नेपालीहरूसँग लगानी गरेकाले त्यो अनुभव रहेको दृष्टान्त पनि पेस गर्नुभयो ।

Ad Below News Title

Ad Inside News Content2

Admana

Energy Line

slc share training

below content