Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Landing Page, Road Block Admana

Global IME Bank

ad mana

एन आइ सी एशिया लघुवित्तले विभिन्न पदमा कर्मचारीहरू माग्यो, +2 पासका लागि सुनौलो अवसर

gyanmandu

ज्ञानमाण्डू। एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड, एन आई सी एशिया बैंक लिमिटेडको सहायक कम्पनिको रुपमा दर्ता भई नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजत पत्र प्राप्त राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको एक प्रतिष्ठित लघुवित्त वित्तीय संस्था हो । देशभरि ७४ जिल्लामा २८७ शाखा कार्यालयहरु मार्फत आफ्नो लघुवित्त कार्यक्रम सञ्चालन गरी वित्तीय पहुँच नभएको ग्रामीण क्षेत्रमा शाखाहरु सञ्चालन गरी वित्तीय सेवा सुविधा उपलब्ध गराइरहेको साे वित्तीय संस्थाको प्रदेश नं. १ अन्तर्गतका शाखा कार्यालयहरुलाई देहाय बमोजिमका पदहरुमा कर्मचारीहरु आवश्यक भई खुल्ला प्रतिस्पर्धा मार्फत पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छक नेपाली नागरिकहरुबाट सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र तोकिएको ठेगानामा आईपुग्ने गरी दरखास्त आव्हान गरेकाे छ ।

विज्ञापन नं.: ०१/२०७८/०७९

पद : सुपरभाइजर/बरिष्ठ सहायक/(शाखा प्रमुख)

श्रेणी : सहायक

संख्या : केही

आवश्यक न्यूनतम योग्यता : मान्यता प्राप्त संस्थाबाट प्रविणता प्रमाण पत्र तह उत्तिर्ण गरि लघवित्त वा सम्बन्धित क्षेत्रमा कम्तिमा ३ वर्ष कार्य अनुभव भएको तथा शाखा प्रमुख भई कम्तिमा १ वर्ष कार्य गरेको ।

विज्ञापन नं.: २ ०२/२०७८/०७५ 

पद : सहायक 

श्रेणी : सहायक 

संख्या : केही

आवश्यक न्यूनतम योग्यता : मान्यता प्राप्त संस्थाबाट प्रविणता प्रमाण पत्र तह उत्तिर्ण गरि लघुवित्त वा सम्बन्धित क्षेत्रमा कम्तिमा २ वर्ष कार्य अनुभव भएको । 

उमेरको हद : आवेदन दिने मितिसम्म २१ वर्ष पुरा भई र ३५ वर्ष ननाघेको ।

 ई–कमर्स प्लेटफर्म बिजबजारमा Distributors र Dealers को आवश्यकता

परीक्षाको किसिम : प्रारम्भिक रुपमा छनौट सूचीमा परेका प्रतिस्पर्धीहरुलाई अन्तरवार्ताको माध्यमबाट अन्तिम छनौट गरिनेछ । रितपूर्वक प्राप्त दरखास्तहरु मध्येबाट छनौट सूचीमा (Short List) मा परेका उम्मेदवारलाई मात्र अन्तर्वार्ताको लागि सम्पर्क गरिनेछ । कर्मचारी छनौट सम्बन्धी सम्पूर्ण अधिकार तथा निर्णय वित्तीय संस्थामा निहित रहनेछ । लघुवित्त वित्तीय संस्थाले कुनै कारण नजनाई केही वा सम्पूर्ण आवेदन अस्विकृत गर्न सक्नेछ । 

आवेदकहरुले आवेदनमा आफुले काम गर्न चाहेको पद, उमेर, अनुभव, सम्बन्धित पदका लागि तोकिएको शैक्षिक योग्यता, आफ्नो परिवार वा नाता सम्बन्ध बाहेक आफुलाई राम्रोसँग चिन्ने कुनै दुई जना व्यक्ति (Reference Person) को नाम/सम्पर्क नम्बर तथा इमेल ठेगाना लगायतका विवरणहरु उल्लेख गरिएको Bio Data संलग्न गर्नु पर्नेछ । 


आवेदन दिने अन्तिम मिति : २०७४/०४/११ (July 27, 2022) 


Ad Below News Title

Ad Inside News Content2

Admana

Energy Line

slc share training

below content