Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Landing Page, Road Block Admana

Global IME Bank

ad mana

धितोपत्र बजारमा ५४.४५ अंकको वृद्धि, नेप्से परिसूचक २१३२.९६ को विन्दुमा


ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५४ दशमलव ४५ अंकले बढेर २१३२ दशमलव ९६ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ९ दशमलव ०५ अंकले बढेर ४०७ दशमलव ३८ को विन्दुमा पुगेको छ ।


आज कूल २१४ कम्पनीका ९९ लाख ४४ हजार ४८ कित्ता शेयर रु ४ अर्ब १० करोड ६८ लाख १८ हजार ९४१ मा खरिद बिक्री भए ।


कारोबार भएका कूल १३ उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ उपसमूह २१ दशमलव ५१ अङ्कले बढ्दा ट्रेडिङ उपसमूह ५०.३८ अङ्कले, होटल तथा पर्यटन उपसमूह ७५.६७ अङ्कले, विकास बैंक उपसमूह २१३.३८ अङ्कले, जलविद्युत उपसमूह १०७.१३ अङ्कले, वित्त उपसमूह १३८.१९ अङ्कले, निर्जीवन बीमा १२५.७७ अङ्कले, उत्पादन उपसमूह १७०.०९ अङ्कले, अन्य उपसमूह १४.३९ अङ्कले, लघुवित्त उपसमूह १८५.९८ अङ्कले, जीवन बीमा उपसमूह २१०.७९ अङ्कले, सामूहिक लगानी कोष शुन्य दशमलव १ अङ्कले र लगानी उपसमूह १ दशमलव ७४ अङ्कले बढेको छ।


Ad Below News Title

Ad Inside News Content2

Admana

Energy Line

slc share training

below content