सानिमा लाईफ इन्स्योरेन्सले आज चाैँथाे वार्षिक साधारण सभा गर्दै
ज्ञानमाण्डू। सानिमा लाईफ इन्स्योरेन्सले यही असार २० गते (आज) चाैँथाे वार्षिक साधारण सभा गर्दै छ।कम्पनीले साधारण सभा स्मार्ट दरबार ब्याक्वेंट धुम्रबाराही, काठमाडौँमा (Meeting ID\Password ईमेल मार्फत उपलब्ध गराइनेछ) बिहान १०:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।
सभाले आर्थिक वर्ष (आ.व.) २०७६/०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने र आ.व. २०७७/०७८ को लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक पनि सोही सभाले तोक्ने छ। कम्पनीले हाल कायम चुक्ता पुजीँकाे ४.४२ प्रतिशत बाेनश शेयर र ०.२२ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको विषयलाई पनि दर्साउने छ।
सञ्चालक समितिमा सर्वसाधरण शेयरधनी समूह (ख) बाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालककाे निर्वाचन पानि साेही सभाले पारित गर्ने छ ।
कम्पनीले साधारण सभाको प्रयोजनको लागि असार ८ गते एक दिनको लागि बुक क्लोज गरिसकेकाे छ। सो आधारमा असार ७ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।
प्रतिकृया दिनुहोस्