Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Landing Page, Road Block Admana

Global IME Bank

ad mana

अभियान लघुवित्त वित्तीय संस्थाकाे आज देखि आईपीओ विक्री खुल्ला

Aviyan Laghubitta Bittiya Sanstha Limited

ज्ञानमाण्डू। अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन १८ गते (आज) देखि आईपीओ विक्री खुल्ला गर्ने भएको छ ।

कम्पनीको अनुसार योग्य आवेदकले दरखास्त दिनुपर्ने न्यूनतम कित्ता १० शेयर र दरखास्त दिन पाउने अधिकतम कित्ता ३ हजारसम्म तोकेको छ। सो कम्पनीले प्रतिशेयर रु.१०० अङ्कित दरका ९ लाख ७५ हजार कित्ता साधारण शेयरको आईपीओ विक्री गर्न लागेको हो।

सो कम्पनीले निष्कासन गर्ने ९ लाख ७५ हजार कित्ता शेयर मध्ये १२ हजार ५०० कित्ता अर्थात ०.५ प्रतिशत कर्मचारीहरुका लागि र ४८ हजार ७५० कित्ता अर्थात ५ प्रतिशत सामूहिक लगानी कोषको लागि सुरक्षित गरि बाँकी ९ लाख १३ हजार ७५० कित्ता शेयर सर्वसाधारणमा बाँडफाँट गर्न लागेकाे कम्पनीले जनाएकाे छ ।

सो कम्पनीको साधारण शेयरको निष्कासन बन्द हुने मिति (छिटोमा) साउन २२ रहेको छ। उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा भदाै १ गते सम्म आवेदन पेस गर्न सकिने कम्पनीले जनाएकाे छ।

कम्पनीको आईपीओ खरिद गर्नको निम्ति आवेदकले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरूबाट आवेदन पेस गर्न सक्नेछन्।

यस कम्पनीको धिताेपत्र निष्कासन तथा बिऋी मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

Ad Below News Title

Ad Inside News Content2

Admana

Energy Line

slc share training

below content